Monday, May 4, 2026

सर्लाहीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , ४ बैशाख //
सर्लाहीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कविलासी नगरपालिका ९ का ५८ वर्षीय शंकर राय रहेका छन्।

आइतबार बिहान नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई ठक्कर दिंदा राय गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको तथा फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु