रौतहट , ५ बैशाख //
रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादव रहेका छन्।
गएराती करिब १० बजेको समयमा जिल्लाको देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।
मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल ठोक्किंदा यादव गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनले दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए।
दुर्घटना परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको तथा अर्को मोटरसाइकल चालक भने फरार रहेकाले खोजि भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएको छ ।


