रौतहट , ५ बैशाख //
नेकपा एमाले चन्द्रपुरमा ७ जना मेयरका आकांक्षी देखिएका छन् ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिको शनिबार सम्पन्न बैठकमा एमालेबाट चन्द्रपुर नगरपालिकाको मेयरमा राजु धामी ,शिव आचार्य ,सुनिल तिमलसिना,प्रमोद चौधरी ,नौतन पोख्रेल,सारदा हुमगांई ,कोपिला तिमलसिना ,ऋशेस्वार दाहाले दावेदारी प्रस्तुत गरेका थिए ।
सातै जनाले आफु मेयरको बलियो देवेदार रहेको बताउदै आएका छन् ।एमालेमा मेयरका आकांक्षी बढी भएपछि सहमतीका लागि कार्यदल समेत बनेको छ । नगर कार्यदलका संयोजक राजेन्द्र तिवारीले मेयरका आकांक्षी बिच सहमतीको प्रयास भईरहेको जानकारी दिए ।
मेयरमै आकाक्षी बढी भएपछि बैठकमा वडा अध्यक्षको टुगो लाग्न सकेन । नेकपा एमालेका ४ वटा वडामा वडा अध्यक्षको सहमती भएको भएपनि अन्य वडामा सहमती भएको छैन् ।
नेकपा एमाले चन्द्रपुर ४ का वडा अध्यक्ष डोल बहादुर ठाडा मगरका अनुसार नेकपा एमाले चन्द्रपुर ४ ले भने वडा अध्यक्षको टुंगो लगाउनका लागि आज वडा कमिटिको बैठक बोलाएको छ ।
एमाले चन्द्रपुर ४ को वडा अध्यक्षमा राजेन्द्र तिवारी ,कृष्ण प्रसाद तिमलसिना,रवी राना मगर र डोल बहादुर ठाडा मगर आकांक्षी रहेका छन् ।


