Wednesday, May 13, 2026

मधेश प्रदेशमा निर्वाचनको रणनीति बनाउँदै , एमाले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी ,

पछिल्लाे समाचार

रौतहट २ बैसाख / आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मा रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।
निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय गर्न तथा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन नेताहरुलाई मधेश प्रदेशका ८ जिल्लाको विशेष नेताहरुलाइ जिम्मेवारी दिइएको छ ।
प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई एमालेका उम्मेद्वारलाई निर्वाचन जिताउन दायित्व सहित जिम्मेवारी तोकिएको हो ।
प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ । यस्तै सह–इन्चार्ज प्रभु साह लाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मा दिइएको छ । यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युत मैनालीलाई बाराको जिम्मेवारी सुम्पिएको छ ।
प्रदेश अध्यक्ष रामवतार यादवलाई पर्साको जिम्मेवारी छ । यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु