सर्लाही ,२५ बैशाख //
सर्लाहीमा माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ ।
जिल्लाको हरिवन नगरपालिकामा आइतबार दिउँसो घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष शेवन गराइएको आरोप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाएका छन्
वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको छ। उनलाई उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको अठा अन्य घाइतेको हरिवनमै उपचार भइरहेकोजनाइएको छ । अहिले माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ ।
माओवादी कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा अवरोध गर्दा हजारौं सवारी साधन र यात्रु प्रभावित भएका थिए ।


