सर्लाही , २५ बैशाख //
सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका २ जना कार्यकर्ता घाइते भएका छन्।
जिल्लाको बरहथवा नगरपालिका १५ का एमालेका वडा अध्यक्ष उम्मेदवार रामबहादुर चौधरीको छोरा अजय चौधरी सहित ओम प्रकाश चौधरी, अशोक चौधरी, मिथुन चौधरी र मुकेश पासवान र कांग्रेसका कार्यकर्ता बलिराम पासवान र जधु पासवानको झडप हुँदा घाइते भएका हुन्।
घाइते भएका दुई जनामध्ये जधु पासवान गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नवजीवन होस्पिटल बरहथवामा उपचार भइरहेको जनाइएको छ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्वर ४ का युवा नेता निकेश त्रीपाठिले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।


