गरुडा २१ बैसाख / रौतहटको गरुडा नगरपालिकाको लागी नेकपा एमालेबाट नगर प्रमुखमा उम्मेदवारी दिएका कन्थमणि जयसवालले गरुडाबासीलाइ निशुल्क स्वास्थ्य उपचार बिमा गराउने बताएका छन ।
बैशाख ३० गतेको निर्वाचनमा आफुले जितेपछि गरुडा नगरपालिकाका बिपन्न तथा गरिब परिवारको उपचारको लागी निशुल्क स्वास्थ्य बिमा गरिने जयसवालको घोषणा पत्रमा उल्लेख छ ।
उपचार नपाउदा धरै बिपन्न परिवारले अकालमै ज्यान गुमाउनु परिरहेको अबस्थामा स्वास्थ्य बिमा गरिदिदा उपचारमा धेरै सहज हुने उहाको धारणा छ ।
स्वास्थ्य बिमा आम नागरिकलाइ अनिवार्य छ तर आफुले पहिलो चरणमा गरिब तथा बिपन्न परिवारको लागी मात्रै स्वास्थ्य बिमा गर्ने लक्ष्य राखेको जयसवालले जानकारीदिए ।
यसैगरी गरुडा नगर क्षेत्रमा सुत्केरी भत्ताको ब्यबस्था गर्ने जयसवालले प्रतिबद्घता जनाएका छन ।
हरेक सुत्केरी महिलालाइ ५ हजारको दरले सुत्केरी भत्ता दिने निति लिएको उहाले जानकारी उनले दिए ।


