Wednesday, May 13, 2026

चन्द्रपुरका मेयर पदका उम्मेदवार आचार्यको स्वास्थ्य क्षेत्रमा यस्तो छ योजना

पछिल्लाे समाचार

चन्द्रपुर २१ बैसाख / नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुख उमेदवार शिब आचार्यले नगर क्षेत्र भित्रका ५० बर्ष माथि उमेरका बिपन्न परिवार,एकल महिला, तथा अपाङगता भएकाहरुलाइ निशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन ।
बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुखका उमेदवार आचार्यले नगरपालिका भित्रका अति विपन्न परिवारलाई पहिचान गरी अति विपन्न वर्ग, एकल महिलाई, अपाङ्ग र ५० वर्ष माथिका सवैलाई निशूल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन ।

चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नगर प्रमुखका उम्मेदवार आचार्यले चन्द्रनिगाहपुर अस्पताललाइ ३ सय बेडको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने,सुविधा सम्पन्न आयूर्वेद अस्पतालको निर्माण तथा संचालन गर्ने ,नगरवासीलाई क्यान्सर, मुटु, मृगौला, कलेजो लगायतका ठुला रोगहरुको निशुल्क उपचारको लागि ‘नागरिक उपचार कोष’ को स्थापना गर्ने उल्लेख गरेका छन ।
उक्त प्रतिबद्धता पत्रमा चन्द्रपुर सरकारी अस्पताललाई व्यवस्थित गर्ने ,नागरिकलाई नेपाल सरकारले घोषणा गरे बमोजिमको औषधी निशुल्क उपलब्ध गराउने,चन्द्रपुर सरकारी अस्पतालमा एक्सरे, प्याथोलोजी ल्याव, भिडियो एक्सरे, अप्रेसन थिएटर , दक्ष चिकित्सकको प्रबन्ध गर्ने, स्वास्थ्य विमालाई प्रभावकारी बनाउने, प्रत्येक वार्डमा वर्थिङ्ग सेन्टर स्थापना गरि ‘शून्य घर सुत्केरी’ अभियान चलाउने, प्रत्येक वार्डमा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने र भएकालाई व्यवस्थित गर्ने, चन्द्रपुर सरकारी अस्पतालमा पोष्टमार्टम भवन निर्माण गर्ने,जनस्वास्थ्यका कार्यक्रमलाई सुव्यवस्थि तथा प्रभावकारी रुपमा संचालन गर्ने,जेष्ठ नागरिक स्वास्थ्य युनिट सञ्चालनमा ल्याउने र स्वास्थ्य जनशक्तिलाई व्यवस्थित गर्ने उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु