रौतहट , २४ बैशाख //
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा रौतहटको अधिकांस पालिका प्रमुखमा पुरानै अनुहारहरु देखिएको छ ।
१६ नगरपालिका र २ वटा गाउँपालिका गरी १८ स्थानीय तह भएको रौतहटमा १४ पालिकामा पहिला जितेकै उम्मेदवार अहिले चुनावी मैदानमा रही मतदाताहरुको घरदैलोमा गएर आ आफनो पक्षमा मत लिन रिझाउने कार्यमा लागिपरेका छन् ।
पुरानै उम्मेदवारहरुमा गौर नगरपालिकामा लोसपाबाट अजयकुमार गुप्ता, राजदेवीमा नेपाली काँग्रेसका धिरेन्द्र प्रसाद सिंह, दुर्गा भगवती गापामा काँग्रेसकै अरुणकुमार साह, माधवनारायण नपामा जसपाको विरेन्द्र यदाव, गढीमाई र वृन्दवानमा नेकाबाटै श्यामप्रसाद यादव, रामस्नेही यादव चुनावी मैदानमा ओर्लिएर चुनाव प्रचार प्रसारमा यति वेला व्यस्त रहेका छन्।
यस्तै गुजरामा जसपाका सन्तलाल चौधरी, फतुवा विजयपुरमा नेकाबाट गोपाल यादव, मौलापुरमा एमालेका रिनाकुमारी साह, बौधीमाईमा जसपाका राजिवरंजन यादव, परोहामा नेकाका शेख वकिल, इशनाथमा एमालेका सन्तोष कुमार मेहता, कटहरियामा एमालेका सियाराम कुश्वाहा, जसपाका गरुडामा मेयर इन्नु राय यादवको छोरा अनिलकुमार यादव सहितका व्यक्तिहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
दोश्रो पटक उम्मेदवार बनेका सबैले अधुरो काम पुरा गर्नुछ भनेर निर्वाचनमा ओर्लिएका छन्।


