रौतहट , २४ बैशाख //
नेकपा एस चन्दपुरका मेयर पदका उम्मेदवार बाबुराम दाहालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने बताएका छन् ।
उनले फुटवल कराँते, कुस्ती जस्ता खेलमा चन्द्रपुर र रौतहट जिल्ला देशभरमै परिचित रहेको प्रशंग उल्लेख गर्दै आफू मेयर पदमा निर्वाचित भएपछि मिनि रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाए ।
विशेष गरी महिला फुटबलको क्षेत्रमा चन्द्रपुर खेलाडी उत्पादन हुने उर्बर भूमि रहेको उल्लेख गर्दै चन्द्रपुरलाई मधेस प्रदेशकै खेलकुद हबका रुपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालको भनाई छ ।
बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको अमूल्य मत माग्दै घरदैलोमा जुटिरहेका मेयर पदका उम्मेदवार दाहालले खेलाडीहरुलाई खेल क्षेत्रमा आकर्षित गराउने रोजगारीको व्यवस्था गर्ने समेत आफ्नो कार्ययोजना रहेको प्रतिबद्धता जनाए
बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।


