Thursday, April 30, 2026

गौशालामा गएराती डकैति , ३ लाख बराबरको धनमाल लुटपाट

पछिल्लाे समाचार


महोत्तरी , २३ बैशाख //
महोत्तरीको गौशाला नगरपालिका १० जलिलटोल बस्ने जयकिशोर महतोको घरमा गएराति डकैती भएको छ ।

ती समूहले महतोका वुहारी निरादेवीमाथि आक्रमण गर्दै नगद १ लाख १० हजार, गरगहना, टिभी, मोवाईल गरि करिव ३ लाख बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ।

घरका अन्य कोठामा बाहिरवाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पिडित जयकिशोर महतोले बताए ।

निराको टाँउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको छ । टाँउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

उनको उपचार प्राथमिक स्वास्थ्यकेन्द्र गौशालामा भईरहेको तथा घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु