रौतहट , २३ बैशाख //
स्थानीय चुनावका लागि नेपाली काग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका चन्द्रपुरका पुर्व मेयर रामचन्द्र चौधरी यतीबेला घर दैलो अभियानमा जुटेका छन् ।
चन्द्रपुरको मेयरका लागि दोस्रो कार्यकालका लागि टिकट नपाएपछि चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।
चौधरीले स्वतन्त्र उम्मेदवारी दिएर आप छाप चुनाव चिन्ह् पाएपछि उनी आंप छापको प्रचार प्रसारमा व्यस्त रहेका छन् ।
दोस्रो कार्यकालका लागि आकांक्षी रहेकै बेला चौधरीले आफुले पहिलो कार्यकालमा गर्न नसकेका अधुरा काम पुरा गर्नका लागि पार्टीले आफुलाई टिकट दिनुपर्ने बताउदै चौधरीले आफुले देखेका अधुरा सपना पुरा गर्नका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएको बताएका छन् ।
चौधरीले आफुलाई चन्द्रपुरमा रहेका थारु मतदाता ,आदीवासी जनजाती ,नेपाली काग्रेसका भोटर र आफ्ना अन्य दलका शुभेच्छुकले मतदान गर्नेमा विस्वस्त रहेको बताएका छन् ।


