रौतहट , २४ बैशाख //
रौतहटका निवर्तमान उपमेयरहरु यो चुनावमा नगर प्रमुख पदको लागि उम्मेदवारी दिएका छन् । उपमेयर पदमा निर्वाचित भएको बेला आफुलाई मेयरले हेप्दै कामै गर्न नदिएको भन्दै अहिले नगर प्रमुख पदको लागि उम्मेदवारी दिएका हुन्।
सरकारले स्थानिय तहका गाँउपालिका र नगरपालिकाको दुई प्रमुख पद मध्ये एक पदमा महिलाको सहभागिताको सुनिश्चीतता गरेको छ । सरकारले स्थानिय कार्यपालिकामा अधिकार सम्पन्न उपमेयर बनाएको भनिरहदा यर्थाथमा भने उपमेयरहरुले पहिलो कार्यकालमा कामै गर्न नपाएको मेयर उम्मेदवार किरण ठाकुरले बताएकी छन्।
गौर नगरपालिकाकी निवर्तमान उपमेयर किरण ठाकुर अहिले जनता समाजवादी पार्टीका तर्फबाट मेयर उम्मेदवार बनेकी छिन । महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेर आधा जीवन बिताएकी किरण पहिलो स्थानिय तहको निर्वाचनमा अत्याधिक मतका साथ गौर नगरपालिकाको उपमेयर बनेकी थिइन । तर तत्कालीन मेयर अजय गुप्ताले उपमेयरको हक अधिकार प्रयोग गर्न अंकुश लगाए पछि आफुले पटक पटक विरोध जनाएको उनले बताइन।
घरदैलो कार्यक्रममा व्यस्त रहेकी मेयर पदकी उम्मेदवार ठाकुर यस पटक आफुलाई गौरका स्थानियले समर्थन गरेको बताइन । महिला तथा बालबालिकाको क्षेत्रमा आफुले गरेको योगदानालाई स्थानियले सराहना गरेको उनले बताइन । गौरका ९ वटै वडाका स्थानियलाई आफुले भेटेको र गौरको समुचित विकासको योजनाहरुका बारेमा जानकारी गराएको उनले बताइन ।
यस्तै राजदेवी नगरपालिकामा पनि मेयर पदमा अंशु सिंहले उम्मेदवारी दिएकी छन्।


