रौतहट , २५ बैशाख //
स्थानिय चुनाव नजिकिएसंगै एमाले बृन्दाबन नगरपालिकाका मेयर पदका उमेदवार प्रेमशंकर यादव प्रती जनसमर्थन बढ्दै गएको छ ।
यादवले बृन्दाबनका मतदाताले आफुलाई एकपटक काम गर्ने मौका दिन आग्रह गरेका छन्।
उनले आफुलाई मेयरको जिम्मेवारी दिएमा शिक्षा,स्वास्थ,भौतिक पुर्वाधार निर्माणमा बिशेष ध्यान दिंदै महिला,दलित,बालबालिका लगायत लाई उच्च प्राथमिकतामा राख्ने बताए ।
उनले बृन्दाबन नगरक्षेत्र भित्रका सम्पुर्ण सरकारी विद्यालय प्रविधिक्मय बनाउने बताए। सरकारी अस्पतालमा एमबीबीएस डाक्टरको ब्यवस्था गरि बिरामीको स्वास्थ उपचारको उचित ब्यवस्था गर्ने बताउंदै उनले आफू मेयर भएमा बृन्दाबनमा कृषि बिज्ञ बोलाएर आधुनिक उन्नत खेती गराएर युवालाई गाउँमै रोजगारी दिने बताए ।
मेयर सहित एमालेका उमेदवार जितेमा नगरका युवाहरु बिदेसिनु पर्ने बाध्यता हट्ने बताउंदै आगामी स्थानिय चुनावमा सुर्यमा मतदान गरि सबै तहलाई जिताउन यादवले आग्रह गरे।


