Wednesday, May 6, 2026

चन्द्रपुरमा कांग्रेसका मेयर पदका उम्मेदवार काफ्ले घरदैलोमा

पछिल्लाे समाचार

चन्द्रपुर २४ बैसाख / रौतहटको चन्द्रपुर नगरपालिकाको लागी नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुख उ्म्मेदवार संजय काफले घरदैलो मा व्यस्त छन ।
मेयरपदका उम्मेदवार सन्जय काफ्ले सहित १० वटा वडाका उम्मेदवारहरु मत माग्दै मतदाताको घरदैलो पुगिरहदा मतदातामा उत्साह देखिएको काग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताएका छ्न ।
जिल्लाकै धेरै मतदाता रहेको नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएको नेताहरु बताउछन ।
नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिकाको वडा अध्यक्षमा १ नम्बरमा बलराम राउत ,२ नम्बरमा कल्याण कुश्वार,,३ नम्बरमा सन्त बहादुर पाख्रिन,४ नम्बरमा नेपाल कार्की ,५ नम्बरमा निलहरी कोइराला ,६ नम्बरमा नेत्र कुस्वार ,७ नम्बरमा विष्णु उप्रेती ,८ नम्बरमा जितेन्द्र चौधरी ,९ नम्बरमा नवराज देबकोटा,र १० नम्बरमा जयराम चौधरी वडामा उम्मेद्वार छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु