रौतहट २४,वैशाख । मौलापुर नगरपालिकाको नेकपा एमालेको तर्फबाट मेयर पदकि उम्मेदवार रिना कुमारी साह घरदैलो कार्यक्रममा ब्यस्त भएकी छिन । मौलापुरको वडा न ७ को पिपरिया ,सगैया र नन्कार पथरामा घरदैलो कार्यक्रम गरेकी हुन् । उक्त घरदैलो कार्यक्रममा मेयर पद कि उम्मेदबार साह घरघरमा पुगी आफ्नो कार्यकालमा सम्पन्न भएको बिकाशहरुको बिवरण तथा अबको कार्यकालमा गर्ने कामहरुको बिवरणसहित को ह्यान्ड बिल तथा पर्चा सहित घरघरमा पुगी आफ्नो प्यानल सहितलाइ मतदान गर्न आग्रह गरेकी छिन । सो क्रममा स्थानीयले साह नेतृत्वका उम्मेदवारलाई भब्य स्वागत गर्दै मत दिएर जिताउने बचनबद्धता ब्यक्त गरिरहेका छन् ।
त्यस्तै, मतदाता साहलाई जिताउन उत्साहीत बन्दै स्वतस्फूत मत समेत मागीरहेका छन् भने साहको जीत सुनीश्चितताको लागि शुभकामना समेत दिइरहेका छन् । नगरको समृद्ध र विकासका लागि साहलाई जिताउन आत्तुर रहेको स्थानीयले बताइरहेका छन् । निवर्तवान मेयर समेत रहेकी साह आफ्नो कार्यकालमा गरेको बिकासका कामहरुले नै फेरी जित्ने स्थानियहरुले बताउछन ।


