मुकेश कुमार साह, रौतहट २२ बैशाख । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि गुजरामा चुनावी सरगर्मी सुरु भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको हो । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा व्यस्त छन् ।
नेकपा एमाले गुजरा नगरपालिकाले पनि घरदैलोमा सक्रियता बढाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले गुजरा नगरपालिकाले घरदैलोमा सक्रियता देखाएको हो ।
नगरपालिकाका मेयर पदका उम्मेदवार सेख एकारमुल हक उपमेयर पदका उम्मेदवार रानी चौधरी तथा विभिन्न वडामा उम्मेदवार रहेका वडा अध्यक्ष सदस्यहरु आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् ।
बिहीवार गुजरा वडा नं २ कटानी मैढंामा आफुलाई मत माग्न, जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म आइृपुगेको मेयरका प्रत्यासी हकले बताए ।
नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो कार्यक्रममा हकले गुजरा लाई समृद्ध बनाउन र गुजरावासीलाइ जागरुक गराउन पनि यो घरदैलो कर्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

उम्मेदवारबाट मतदाताले राखेको अपेक्षा के हो भनेर बुझ्नलाइ आफुहरु जनताको ढोका ढोकामा आईपुगेको उप मेयरका प्रत्यासी चौधरीले बताईन् । उनले भनिन्,–‘साच्चै गुजारामा बिकासको काम हुन सकेको छैन । गुजराबासी अझै मर्कामै परेका छन् । गुजरामा एमालेको सरकार बनाउन सके गुजरावासीको सुखद् भबिष्य सुन्दर र समृद्ध गुजराको सुरुवात गर्न सकिन्छ ।’
उनले आफुहरुलाई जनताले जिताएमा अबको ५ बर्ष निरन्तर जनताको सेवा र गुजराका सबै वडाको बिकासका निमित्त काम गर्ने प्रतिबद्वता जाहेर गरिन् । घरदैलो कार्यक्रमा नेकपा एमालेका नेता जयलाल कुमार मेहता ,लालबाबु मन्सुरी तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


