Wednesday, May 6, 2026

ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , २५ बैशाख //
सप्तरीमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ७ मानराजाका स्थानिय १९ वर्षीय शिवकुमार पौदार रहेका छन्।

आज बिहान पौदारले सोही ठाउँको (केराबारी) मा माटो लिएर आउने क्रममा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्याक्टर पल्टिदा पौदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु