Monday, May 4, 2026

मैले जिते नगरपालिकाको सरकारी गाडी प्रयोग गर्दिन : एमाले चन्द्रपुरका मेयर आचार्य

पछिल्लाे समाचार


रौतहट , २४ बैशाख //
एमाले चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका उमेदवार शिब प्रसाद आचार्यले आफु नगर प्रमुखमा निर्वाचित भएपछि नगरपालिकाको सरकारी गाडी प्रयोग नगर्ने बताएका छन ।

शुक्रबार चन्द्रनिगाहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै नगर प्रमुखका उमेदवार आचार्यले यस्तो बताएका हुन् ।

आफु शासक नभएर जनताको सेवक भएर काम गर्ने आचार्यको भनाइ रहेको छ । नगरको सम्बृद्ध बिकासको लागी नेकपा एमालेको जित आवश्यक भएको हुदा एकपटक नेकपा एमालेलाइ आफनो अमुल्य मत दिन सम्पूर्ण नगरवासीलाई नगर प्रमुखका उमेदवार आचार्यले आग्रह गरेका छन् ।

शिक्षा,खेलकुद,स्वास्थ्य तथा भौतिक पुर्वाधारको योजनाबद्ध बिकाश गर्ने योजना नेकपा एमाले संग मात्रै भएकोले एमालेलाइ जिताउनु पर्ने उनले बताए ।

उक्त आमसभामा नेकपा एमालेका अध्यक्ष केपी ओली,केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज रघुबिर महासेठ,केन्द्रिय सदस्य उद्धब रेग्मी लगायतले सम्बोधन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु