रौतहट , ११ असार //
गरुडा नगरपालिकाकाको सातौ नगर सभा भब्यताका साथ शुक्रबार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो ।
नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गर्नु भएको हो । नगरसभाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिव ५९ करोडको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ५९ करोड ११ लाख ३९ हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएको हो ।
नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । सो नगरसभाको सातौँ नगरसभाबाट बितिय समानिकरण तर्फबाट १५ करोड ५५ लाख ,आन्तरिक आय ५ करोड ७० लाख १० हजार ,राजस्व बाँडफाँड चालु अनुदान तर्फबाट ११ करोड ८७ लाख १ हजार ,सँघिय शशर्त अनुदानको चालु तर्फबाट २० करोड ६४ लाख ,संघिय शशर्त अनुदान पुँजीगत ४ करोड ६० लाख ,प्रदेश राजस्व बाँडफाँड तर्फबाट ४५ लाख ,प्रदेश समानिकरण अनुदानबाट १ करोड १२ लाख ५८ हजार ,प्रदेशको बिशेष अनुदानबाट ३० लाख र प्रदेशको समपुरक अनुदानबाट २० लाख बजेट बिनियोजन गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले पुर्वप्रतिबद्धता अनुसार सामुदायिक बिधालयमा अध्यनन गर्ने कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुलाई निःशुल्क शिक्षा प्रदान गरिने तथा ११ र १२ कक्षामा अध्यनरत दलित जातीका छात्र र सबै जातका छात्राहरुलाई मासिक शुल्कमा ५०% प्रतिशत छुट गर्ने बताउनु भएको छ ।
एक घर एक करेसाबारी ,पकेट क्षेत्रमा ब्यबसायिक तरकार्री मुल नाराका साथ आफ्नो करेसाबारिमा ताजा तरकारी उब्जाई आफुमाथि आत्मनिर्भर नगरपालिका घोषणा गर्ने पनि बताउनु भयो ।
सो नारा सहित काम गर्ने किसानलाई नगरपालिकाका क्षेत्रमा सन्चालित बैँक तथा बितिय संस्थाहरुले कम्तिमा १५ जना कृषकहरुलाई कृषि ,ऋण उपल्बध गराई सोहि परियोजना सदुपयोग हुन गएमा नगरपालिका भित्रका समुहलाई नगद बस्तुगत सहायता उपल्बध गराएमा त्यस्ता बैँकलाई हाम्रो बैँक टोकन प्रदान गर्नेनिति लिने नगर प्रमुखको योजना रहेको नगरसभामा प्रस्तुत गरिएको छ ।
गरुडालाई सौन्दर्यकरण र हरियाली बचाई राख्न सबै जनाकोआवश्यक रहेको बताउनु भयो । ग्रीन गरुडा ,क्लिन गरुडा भन्ने नाराका साथ सुरुवात गरि हरियाली प्रबद्र्धन अभियानलाई प्रत्यके टोलमा बिकास संस्था मार्फत बस्तीस्तर सम्म पुर्याईने जनाउनु भयो ।
नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।


