Monday, May 4, 2026

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,अर्का एकजना घाइते

पछिल्लाे समाचार


सप्तरी ,१० असार //
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा विराटनगरका अन्दाजी ५० वर्षीय युवराज खतीवडा रहेका छन्।

बिहिबार बेलुका कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किंदा खतीवडा गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै घाइते भएका मोटरसाइकलमा पछाडी सवार विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको तथा टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु