रौतहट , ८ असार //
गढीमाई नगरपालिकाको ८ औँ नगरसभा आज सम्पन्न भएको छ ।
बुधबार नगर प्रमुख श्यामप्रसाद यादको प्रमुख अतिथ्यतामा नगरपालिकाको सभाहलमा नगरसभा सम्पन्न भएको हो। बैठकमा आर्थिक वर्ष ७९-८० को बजेट विनियोजितको विषयमा छलफल भएको छ ।
चौतर्फी नगर विकासका लागि आर्थिक वर्ष ७९-८० का लागि लयाएको बजेट सरहानिय रहेको र नगरवासीलाई चाहेको सेवा निर्वाह गर्नसकिने रहेको मेयर यादवले बताए ।
सभाहलमा नगर प्रमुख यादवले नगरपालिकाको समृद्धिको आधार कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधार रहेको भन्दैँ मुल नाराका साथ बजेट प्रस्तुत गरेका हुन् ।
आर्थिक वर्षको लागि विनियोजित रकम आन्तरिक आयलाई व्यवस्थित बनाउँदै कृषि, शिक्षा, स्वास्थ्य लगाएको योजनालाई प्राथमिकता दिई नगरविकास गर्ने मेयर यादवले बताए।


