Saturday, May 2, 2026

नेपाली कांग्रेसको किरिया निति

पछिल्लाे समाचार


सप्तरी .१२ असार //
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा नेपाली कांग्रेसले मतदातालाई किरिया खुवाउने निति लिएका छ्न।

आज आइतबार मतदान हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।यसै बमोजिम सप्तरीमा जसपा-एमालेका साझा उम्मेदवार र नेपाली कांग्रेस नेतृत्वको गठबन्धन रहेको लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,नेकपा(एस) बीच कडा प्रतिस्पर्धा हुने भएको छ।

सप्तरीको प्रसिद्ध शक्तिपिठ कंकालनी मन्दिरमा सो गठबन्धन दलका मतदाताहरु किरिया खान बिहान मन्दिर आईपुगेको स्रोतले बताएका छ्न।गठबंधनमा बसेर विपक्षमा मत हाल्न सक्ने आशंकाले कांग्रेसले किरिया खुवाउने निति लिएको स्रोतको भनाइ रहेको छ।

बिहानैदेखी सप्तरीका नेपाली कांग्रेस गठबन्धनमा आबद्ध दलका मेयर र उपमेयरहरु मन्दिरमा पुजा गर्दै सामुहिक फोटो खिचाउदै थिए ।फोटो खिचाउने क्रममा किरिया खाइयो भनेर एकजना मेयरले हास्दै अवाज निकाले ।तथ्यलाई गहकिलो तरिका बुझ्न जादा उनीहरुलाई नेपाली कांग्रेसका सप्तरी सभापति रामदेव साह र सचीव सनत मंडलले किरिया खुवाउन मन्दिर ल्याइएको स्रोतले जनाए ।

सप्तरीमा १८ स्थानीय तह छ्न।जिल्ला समन्वय समितिमा ३६ जना मतदाता रहेको छ।जसपा-एमाले गठबन्धन विरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएकोले किरिया खुवाउन मन्दिर ल्याइएका बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु