रौतहट , ११ असार //
रौतहटबाट लागु औषधसहित प्रहरीले एकजना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका १४ घर भएका ३६ बर्षीय मनोज कुमार सिंह रहेका छन्।
लागु औषध बिशेष व्युरो वीरगंज र प्रहरी चौकी पौराई रौतहटको संयुक्त टोलीले सिंहलाई पुर्व पश्चिम राजमार्गको पौराई सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सिंहको साथबाट नाईट्रोभेट ४८० पिस बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवालले बताए ।


