Monday, May 4, 2026

प्रतिबन्धित लागूऔषध गाँजासहित बाराबाट एक युवक पक्राउ

पछिल्लाे समाचार


बारा ,११ असार //
प्रतिबन्धित लागूऔषध गाँजासहित बारा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षिय लालकाजी घिसिङ रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको ट्राफिक प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १ धन्सारपुल नजिकै पूर्वपश्चिम राजमार्गमा हेटौडा तर्फबाट आउदै गरेको प्रदेश ३–२–०१० प ३४९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा घिसिङको साथबाट प्रहरीले १३ किलोग्राम गाँजा बरामद गरेको हो ।
ट्राफिक प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ३० वर्षकी महिला पिठियूमा बोकेको झोला फालेर जङ्गल तर्फ फरार भएकी थिइन् ।

त्यसपछि ट्राफिक प्रहरीले मोटरसाइकल चालक घिसिङले काधमा भिरेको रातो रंगको कपडाको झोला तथा महिलाले फालेको झोला खोलेर हेर्दा दुबै झोलामा लागू औषध गाँजा १३ किलोग्राम फेला परेपछि घिसिङ्लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप भइरहेको भैरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु