Wednesday, May 13, 2026

बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु ,अन्य चार जना घाइते

पछिल्लाे समाचार


बारा , ८ असार //
बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलम रहेका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए ।

यस्तै घाइते हुनेहरुमा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह रहेका छन्।

घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु