सर्लाही,२८ असार //
सर्लाहीबाट प्रतिबन्धित लागुऔषध नाईट्रोभेट ट्यावलेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका २ नवलपुरमा मदिरा पसल संचालन गरेर बसेका रोषन भन्ने विजयकुमार घिमिरे र रितेश कुमार यादव रहेका छन्।
लागु औषध व्युरो मधेश प्रदेशका सइ भरत पुडाईनी सहितको टोली र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरुको साथबाट प्रहरीले नाईट्रोभेट ट्यावलेट १५ थान र रिसव बोतल ९० थान बरामद गरेको थियो ।
रक्सी पसल संचालन गर्दै आएका घिमिरेको पसलबाट सो परिणामको लागु औषध बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।


