Thursday, April 30, 2026

नाईरोबीको बारेमा चेतना फैलाउँदै छोरीका लागि छोरी संस्था

पछिल्लाे समाचार


रौतहट ,२४असार//
केही वर्षअघि सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा छाउगोठमा बसेकी रोशनी तिरुवाको ज्यान गएपछि छाउपडी लगायतका अन्धविश्वासको विरुद्धमा आवाज उठाउने, जनचेतनामुलक र स्वास्थ्यसम्बन्धी काम गर्ने उद्देश्यले जन्मिएको विशुद्ध सामाजिक संस्था हो “छोरीका लागि छोरी”

समय समयमा सामाजिक र चेतनामुलक कार्यहरु गर्दै आईरहेको यस संस्थाले केहि महिना अघिदेखि भारतसित सिमाना जोडिएका नेपालका तराईका जिल्लाहरुमा नाइरोबि ( nairobi fly ) नामक किरा र यसबाट बच्नको लागि आग्रह गर्दै चेतना फैलाउन लागिपरेको छ । धेरै मानिसहरु अहिले यसकाे एसिडका कारण बिमारी परेका छन् । याे किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा प्रवेश गरेकाे हाे।अहिले धेरैलाई यस किराले असर गरिरहेकाे छ।

भारी वर्षा भएपछी पुन : घाम लाग्दा बेलुकी घरभित्र बत्ती बलेकाे अवस्थामा झ्याल ढाेकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डढुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बन्ने हुनाले सतर्क रहन सबैमा छोरिका लागि छोरी संस्था नेपाल केन्द्रिय स्वास्थ्य बिभाग सल्लाहकार तथा बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनकी सिनियर नर्सिङ अफिसर गोमा कँडेलले जानकारी गराउनुभएको छ ।

यो किराले टोक्दैन।तर यो किरा हाम्रो छालाको सम्पर्कमा आएपछि छाला चिलाउँने पोल्ने र फोका उठ्ने लक्षण देखा पर्दछ। यस्ताे भएमा तुरुन्तै नजिकैको स्वास्थ चौकी अथवा अस्पतालमा जानको लागि अनुरोध गर्न कँडेलको आग्रह छ ।बत्तीकाे उज्यालाेमा याे किरा घरभित्र प्रवेश गर्ने हुनाले बेलुकी घरभित्र बत्ती बालेपछि सबै झ्याल ढाेकाहरु बन्द गर्न र झुल लगाएर सुत्नको लागि संस्थाको केन्द्रिय परामर्श बिभाग संयोजक बसुधा बस्नेत पाण्डेले आफ्नो फेसबुक स्टाटससँगै सम्पुर्ण नेपालीलाई अपिल गर्नुभएको छ।

यदि यो किरा मानिसको छालामा बस्यो भने त्यो किरा नमार्न र सो किरालाई कुनै कागजको टुक्राको सहायताले हातले नछोईकन उडाउँन समेत बस्नेतको आग्रह छ। यदि हातले छोएको खण्डमा साबुनपानीले राम्रोसँग हात धुन,घर वरपर अनावश्यक झारपात नराख्न,र सुत्नेबेला बिस्तारा रुम सफा गर्न छोरिका लागि छोरी संस्था नेपालले आग्रह गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु