Thursday, May 14, 2026

चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत र घाईतेलाई उपचार खर्च दिईने

पछिल्लाे समाचार


मुकेश साह ,रौतहट १४ भदौ । रौतहटमा चट्याङ लागेर मृत्यु भएका ३ जनाको परिवारलाई किरिया खर्च बापत २५ हजार सहयोग गर्ने गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले घोषणा गर्नु भएको छ । मंगलवार बिहान चट्याङ लागेर मृत्यु भएका मलाहीटोल गाउँको ३९ बर्षिया सुदनिया देवि सहनी, १७ बर्षिया जगिया कुमारी सहनी र १८ बर्षिया मनिषा कुमारी सहनीको परिवारलाई तत्काल २५ हजार दिने बताउनु भएको हो । मेयर जयसवाल तत्कालै घटनास्थल पुगेर पीडित परिवार संग कुरा गर्दै नगरपालिकाबाट पिडित परिवारलाई थप सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । साथै उहाले विपद् व्यवस्थापन समिती लगायत अन्य निकाय संग समेत कुरा राखेर पिडित परिवारलाई राहत पुर्याउन पहल गर्ने बताउनु भयो। सोहि घटनामा घाईते भएकाको उपचारमा लाग्ने खर्च समेत नगरपालिकाले बेहोर्ने उहाले घोषणा गर्नु भएको छ। घाईतेहरुको गरुडा सिटि हस्पिटलमा उपचार भईरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु