Thursday, May 14, 2026

रौतहटबाट २ सय ४ किलो गांजा बरामद

पछिल्लाे समाचार


रौतहट , १३ भदौ //
रौतहटबाट नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलको संयुक्त टाेलीले २ सय ४ किलो गांजा बरामद गरेको छ।

आइतबार राति १ बजेको समयमा जिल्लाको गाैर नगरपालिका २ बकैया खाेला किनार मा सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी चाैकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक सुरेश चाैधरीकाे संयुक्त कमाण्डमा खटिएको टाेलीले उक्त गांजा बरामद गरेको हो ।

नेपाल बाट भारत तर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी गाैर बिओपि प्रमुख महेश्वर गिरीले जानकारी दिए।

नाै जनाको समुहले प्रहरी देख्नेबित्तिकै उक्त सामान छाडेर भागेको गिरीले बताए । उक्त गांजा आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय गाैरमा बुझाएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु