Thursday, May 14, 2026

मौलापुरमा नवनिर्मित ४ कोठे विद्यालय भवनको उद्घाटन

पछिल्लाे समाचार


रौतहट, १३ भदौ //
रौतहटको मौलापुर नगरपालिका– २ मा श्री सामुदायिक आधारभुत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ ।
सोमबार पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको वार्गिकरण अनुसार मौलापुर नगरपालिका स्थित चिरचिरियामा ४२ लाखको लागतमा पक्की भवन निर्माण कार्य सम्पन्न भएको हो।

सो विद्यालय भवन निर्माणका लागि मौलापुर नगरपालिकाबाट विनियोजन बजेट रु ४२ लाख र पुरानो कक्षा कोठाको रंगरोगन , पुराना भवन मर्मत , फुटपाथ निर्माण तथा सौन्दर्यीकरणको लागि रु १५ लाख गरी कूल बजेट रु ५७ लाखको लागतमा सो विद्यालय भवन निर्माण कार्य र रंगरोगन कार्य सम्पन्न भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर रामबाबु प्रसाद साहले बताए ।

विद्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह ‘ ठागा दास , नागेन्द्र साह , मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह , उपनगर प्रमुख नागेन्द्र यादव , मौलापुर न.पा . २ का वाडाध्यक्ष श्री भगवान पटेल लगायत विभिन्न पार्टी का नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु