Thursday, May 14, 2026

चट्याङ लागेर मृत्यु भएको परिवारलाई गरुडा नगरपालिकाद्वारा खाधान्न सहयोग

पछिल्लाे समाचार


रौतहट , १५ भदौ //
गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले हिजो चट्याङ लागेर मृत्युु भएकाको परिवारको घरमा पुगी खाधान्न सहयोग गर्नुभएको छ ।
मृतकको घर गरुडा नगरपालिका ३ मलाहि टोलमा पुगी राहत स्वरुप ६ बोरा चामल , ५० किलो आलु , १५ किलो दाल, १५ किलो प्याज , १५ किलो चिनी र ५ लिटर तोरी तेल सहयोग गर्नुभएको हो ।

सो परिवारका बालबच्चाको लालनपालन तथा पठनपाठनको लागि नगरपालिकाबाट हुने सहयोग तथा आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताउनु भयो।
यसअघि उहाँले किरिया खर्च बापत तत्काल रु २५ हजार र चट्याङ लागेर घाईते भएकाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरिसक्नु भएको छ ।

मंगलबार खेतमा काम गर्ने क्रममा एउटै गाउँका तीन जनाको चट्याङ लागेर मृत्यु भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु