Wednesday, May 13, 2026

बाराबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेटसहित एक जना पक्राउ

पछिल्लाे समाचार


बारा , १५ भदौ //
बाराबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली कालापानी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय पूर्णप्रसाद दाहाल रहेका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे प्रदेश २-०३-००१ ख ३६२३ नम्बरको रोयल सिंघम बसलाई बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकमा बस रोकी चेकजाँच गर्ने क्रममा झोलामा लुकाईछिपाई राखेको अवस्थामा डाइजेपाम ५८८, फेनारगन ५८८, नुफिर्न ५८७ एम्पुल र नाइट्राभेट १० लेखिएको ट्याबलेट ३ सय थान
प्रतिबन्धित लागूऔषधसहित उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई पक्राउ परेका उनमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु