रौतहट , १५ भदौ //
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गर्ने तयारी गरेपनि प्राविधिक कारणवश हुन नसकेको हुँदा बुधवार सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डले बुधवार अपरान्ह साढे ४ बजे नतिजा सार्वजनिक गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ ।
तीजको दिन सार्वजनिक विदा परेका कारण नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो ।


