Monday, May 4, 2026

नेपाल फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा भण्डारी निर्विराेध चयन

पछिल्लाे समाचार


बारा ,१७ भदौ //

नेपाल फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा दिवाकर भण्डारी र उपाध्यक्ष पदमा श्याम गुप्ता निर्विराेध चयन भएका छन्।
नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशनमा भण्डारी र गुप्तासहित नाैं सदसिय कार्यसमिति सर्वसम्मतले चयन भएकाे हाे ।

यस्तै महासंघ बाराको सचिवमा इन्दिप कोईराला, कोषाध्यक्षमा प्रलाद तिमल्सिना र सदस्यमा प्रदिप गौतम, एस.एस. पटेल (शिवशंकर), राधेश्याम पटेल लगायत सर्वसम्मतले चयन भएका हुन्।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य एवंम् बाराका निवर्तमान अध्यक्ष जीतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गोकुल घोरसाईनेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा महासंघ बाराका निर्वतमान काेषाध्यक्ष फैजुल्लाह आफम लगायत स्थानीय सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु