Monday, May 4, 2026

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ बाट प्रतिनिधि सभाको उम्मेदवारमा आलमको नाम सिफारिस , जेलबाटै चुनाव लड्ने

पछिल्लाे समाचार


रौतहट , १७ भदौ//
कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि हत्या अभियोगमा जेलमा रहेका पुर्व मन्त्री मोहमद आफ्ताव आलमको नाम सिफारिस गरेको छ ।
यो सिफरिससंगै आलम आउदो मंसिरको निर्वाचनमा जेलबाट चुनाव लड्ने लगभग पक्का भएको छ । जिउदो मान्छेलाई इटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताल कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेकोे जानकारी दिए ।
आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउदै ईटा भट्टामा हालेको अभियोगमा पक्राउ परेपछि निलम्बन भएका थिए । २०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।
घटना लुकाउन विस्फोटमा परी घाइते भएकाहरुलाई जिउदै इटाभट्टामा जलाइएको उनिमाथी आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध दिएका किटानी जाहेरीको आधारमा प्रहरीले आलमलाई २०७६ सालको असोजमा नियन्त्रणमा लिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु