वीरगञ्ज , १७ भदौउ //
वीरगञ्जमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–५ पतौरा बस्ने ६५ वर्षीय तुलसी साह रहेका छन् । दुर्घटनामा परी सोही स्थान बस्ने ३१ वर्षीय रामसागर साह घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित बाइपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको ना ४० प ९४७९ को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख १८३७ नम्बरको बसले ठक्कर दिएको थियोे । दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा तुलसीको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका रामसागर उपचारपछि घर फर्किएको तथा बसका चालक ललितपुर महानगरपालिका–१३ नखु बस्ने प्रविनकुमार रजकलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


