Saturday, April 25, 2026

रौतहटबाट एकैदिन चार जना फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


रौतहट , ४ असोज //
रौतहटबाट एकैदिन चार जना फरार प्रतिवादी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका चार जनालाई एकै दिन पक्राउ गरेको हो।

रौतहट जिल्ला अदालतबाट २०७२ भदौ १० मा फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर नगरपालिका ५ का लखिन्दर ठाकुर हजाम, २०७३ फागुन १ मा फैसला भई सजाय पाएर फरार रहेका चन्द्रपुर नपा ५ का शिव विश्वकर्मा, २०७७ माघ २६ मा फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर नपा ५ कै खजान्ती साह कानु र ज्यान मार्ने उद्योग मुद्दामा वारदातपश्चात फरार रहेका चन्द्रपुर नपा ७ का समरुल मियाँ दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु