सप्तरी , ४ असोज //
विश्वकर्माकाे मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक युवकको शव फेला परेको छ ।
मंगलबार बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाकाे बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित काेशि नहरमा शव फेला परेको हो ।
दुई दिन अगाडि विश्वकर्माकाे मुर्ति सेलाउन सप्तरीको राजविराजबाट आएकाे टाेलिमध्ये एक जना अन्दाजि २५/३० बर्षिय युवक डुबेर बेपता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काका अनुसार विगत दुई दिनदेखि साे शवकाे खाेजि कार्य भइरहेको तर नहरमा पानिकाे मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि आज साे शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
शवलाई पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


