सर्लाही , १७ भदौ //
सर्लाहीमा ईंटाभट्टाको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका ६ निवासी रामचन्द्र महतोको छोरा १२ वर्षिय आकाश महतो रहेका छन् ।
बिहिबार हरिवन नगरपालिकाको घुर्काैली स्थित पत्थरकोटिया टोलमा मदन घिसिङ्ले सञ्चालन गर्दै आएको मिदास ईट्टाभट्टाको खाडलमा जमेको पानिमा डुबेर महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
भैसि चराउन जाँदा भैंसी खाल्डोमा परेपछि निकाल्न खोज्दा सोही खाल्डोमा डुबेर आकाशको मृत्यु भएको बताईएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


