रौतहट २७,भदौ । नेपाल-भारत मैत्री वीरांगाना फाउन्डेसनकी अध्यक्ष प्रभा सिंहले आफु माथी लगाईएको आरोप निराधार रहेको बताएकी छन । अनाथालयमा रहेकी बालिकाको शरीरमा परिवार नियोजनको अस्थायी साधन ‘नरप्लान्ट’ राखिएको विषयमा बिभिन्न मेडियामा समाचार आएपछी यसको खण्डन गर्दै उनले यस्तो बताएकी हुन्।
चन्द्रपुरमा सोमवार पत्रकार सम्मेलन गर्दै अनाथालय सञ्चालिका सिंहले भने’भारत उपचार गर्न लैजाने कागजात बनाउनका लागि बालिकालाई १-२ महीनाअघि मात्र राखेकी हु ,मैले नभई बालिकाकी आमाले १ बर्ष अगाडी नै बालिकाको शरीरमा नरप्लान्ट राखेको हो ‘ ।
छोरीको मनस्थिती ठिक नभएको कारण उनकी आमाले यस्तो गरेको समेत उनी बताउछिन । बालिकाकी आमाले उपचारका लागि सहयोग गर्न अनुरोध गरेपछि अनाथालयमा राखिएको उनको भनाइ छ । साथै अनाथालयमा यौनजन्य क्रियाकलाप हुने गरेको बिभिन्न मेडियामा आएको समाचार प्रती समेत उनको आपती छ ।
पत्रकारले एकोहोरो मनगढ़नते कुरा लेखेर आफ्नो चरित्र हत्या गरेको उनी बताउछिन् । यसको लागी आफु प्रेस काउन्सिल लगायत सम्बन्धित निकायमा उजुरी दिने बताएकी छन्। अरु केहि नभई प्रहरीकै आडमा गाँजा तस्करी फस्टाएको विषयमा आफूले समाचार लेखेपछि प्रहरीले प्रतिशोध साँधेको सिंहको आरोप छ।


