रौतहट , २९ भदौ //
ईन्फिनिटी लघुबित्त बितिय सँस्था लिमिटेड शिवनगर शाखाले बाख्रा पालन सम्बन्धी एकदिने तालिम संचालन गरेको छ ।
गरुडाको आशिर्वाद होटलको सभाहलमा तालिम प्रदान गरिएको हो । शाखा अध्यक्ष रोशन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै चौधरीले तालिममा सिकेको कुराहरु व्यबहारमा लागु गर्न अनुरोध गरे । तालिममा सहभागी भएका सम्पूर्णले बाख्रा पालन सम्बन्धि तालिम प्राप्त गरेर नयाँ ढंगले व्यवसायीक रुपमा बाख्रा पालन गर्ने भनी आफु विश्वस्त शाखा प्रमुख चौधरीले बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा ८० जना महिला र ५ जना पुरुषको सहभागिता रहेको थियो । सहभागीहरुले तालिम अत्यन्तै प्रभावकारी भएको र आफुहरुलाइ अझै व्यावसायिक रुपमा बाख्रापालन गर्न सघाउ पुग्ने र यस्ता तालिम हरु आगामी दिनमा पनि संचालन गर्न अनुरोध सहित खुसी ब्यक्त गरे। संचारकर्मी चन्द्रन पटेलले संचालन गरेको कार्यक्रममा प्रशिक्षक डा. कृष्ण पौडेल,पत्रकार मुकेश साह तथा संस्थामा आवद्ध कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
ईन्फिनिटी लघुबित्त बितिय सँस्था लि केन्द्रिय कार्यालय द्वारा आफ्ना विभिन्न ९४ वटा शाखा हरु मध्ये ७७ वटा शाखामा ब्यवसायिक सीप मुलक तालीम सम्पन्न गरी सकेको छ ।
संस्थाले आफ्नो समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिबृद्धी गरि स्वरोजगार सृजना गर्नेको लागि विभिन्न सीप मुलक तालिम अन्तरगत ब्यवसायिक बाख्रा पालन तालिम , ब्यवसायिक तरकारी खेती तालिम, कुखुरा पालन , च्याउ खेती ,बुङ्गुर पालन , मौरी पालन , माछा पालन तालिम दिदै आएको छ ।
संस्थाले ७७ वटा शाखामा ५ हजार ८ सय ८४ जना आफ्ना सदस्य हरुलाई तलिम दिएको संस्थाका प्रशिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी गराए ।


