Monday, May 4, 2026

करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु

पछिल्लाे समाचार


सिरहा ,१८ भदौ//
करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको नरहा गाउँपालिका ५ का स्थानिय २२ बर्षिय सुनिल यादव रहेका छन् ।

घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु