Thursday, April 30, 2026

सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , २७ भदौ //
सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ९ निवासी ५० वर्षिय रामचन्द्र रायमाझी रहेका छन् ।

पुर्र्व–पश्चिम राजमार्ग अन्तरर्गत जिल्लाको हरिवन नगरपालिका १० मा मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले रायमाझीलाई ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ४ बजेतिर रायमाझी मर्निङवाकका लागि निस्किएका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइसकिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए ।

ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनापछि सडकको बायाँतर्फ पल्टिएको ट्रक घटनास्थलबाट उठाएर कार्यालयमा ल्याउने प्रयास भइरहेको प्रहरी निरीक्षक ताम्राकारले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु