जनकपुरधाम ,२७ भदौ //
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ केजीको मालाले स्वागत गरिएको छ ।
एमालेको नगर कमिटीले एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई मालाले स्वागत गरेका हुन्।
यस्तै नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित संतोष यादव, प्रतिनिधिसभा सदसस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् ।


