रौतहट १६ फागुन । उप सचिव किरण निधि तिवारी चन्द्रपुर नपाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भएका छन ।
उप सचिव हरिलाल पुरीको सरुवा भएपछि उपसचिव तिवारी चन्द्रपुरमा आएका हुन ।
लामो समय प्रशासन सेवामा रहेका तिवारी स्थानिय तहमा पनि उतिक्कै इमान्दार र योग्य ठानिन्छन । उपसचिव तिवारीको एक दर्जन बढी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत भइ सेवा गरेको अनुभव छ ।


