बिरगज २ फागुन ।आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक अफ्ठेरोमा पर्दै गएको बताएका छन ।
आम आदमी पार्टीद्वारा सोमवार वीरगंजमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले कम्युनिष्ट नेताहरुले कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट पार्टीलाई नै बदनाम गरिरहेको आरोप लगाएका छन ।
नेपालका कम्युनिष्ट पार्टीमा दलाल , तस्कर र माफियाहरु हाबी भएको र उनिहरुले नै पार्टी चलाइरहेको समेत आरोप लगाए ।
लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको दावी गरे ।
अध्यक्ष साहले किसान र मजदुरलाई सम्मान र अधिकार दिलाउन , र जनताको जीवन स्तर उकास्ने लक्ष्य लिएर आम जनता पार्टी अगाडि बढेको दावी गरे ।
आम आदमी पार्टीका मधेस प्रदेश इन्चार्ज उपेन्द्र साहको अध्यक्षतामा सम्पन्न भेलालार्ई पार्टीका नेता कदम रसुल, बाबुराम कौशिक, लगायतले सम्बोधन गरेका थिए ।
भेला पछि आम आदमी पार्टीको सोमवार वीरगंजमा सम्पन्न जिल्ला भेलाले महम्मद कदम रसुलको अध्यक्षतामा पर्सा जिल्ला कार्य समितिको चयन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा संजिव सोनी, फईम मिया अन्सारी, रामबाबु साह कानु, सचिवमा विश्वराज पटेल, सहसचिव दिलिप गुप्ता, सदस्यहरु रिना गिरी, राकेश साह सोनार, संजिव गुप्ता, रामबाबु साह, विकास पटटेल, अमित बर्मा, किसन साह सोनार, रुपेश हजरा, विपिन कुशवाहा, सोनु अग्रवाल, गणेश मण्डल लगायतका रहेका छन ।


