रौतहट २ माघ । पुल निर्माण को माग गर्दै अनसन बसेका संचारकर्मी संजय सहनीको पक्षमा रौतहट २ का संघिय सांसद किरण साह उभिका छन ।
गौर_इशनाथ जोडने लाल बकैया नदिको निर्माणाधिन पुल को निर्माण बर्षौ देखि अलपत्र रहेकोले ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई कार्वाही गर्न र चाडै काम सम्पन्न सहनी अनसन बसेका छन ।
संसद साहले लेखेका छन रौतहट क्षेत्र न. २ को संघीय सासदको हैसियतले आफ्नो ध्यानकर्षण भएको छ।
आफु निर्वाचित भएपछि सो पुल निर्माणको कार्यमा आफ्नो तर्फबाट गरिएको पहलकदमी समेत आमरुपमा प्रष्ट पारेका छन । संसद साहले बुदा गत रुपमा निर्माणाधिन पुलको सम्बन्ध मा यस्तो लेखेका छन ।
१)म निर्वाचित भए लगतै निरन्तर त्यो पुलको ठेक्का देखि हाल सम्मको अवस्था अध्यन गर्यौ।
२) अध्ययन पस्चात हालको अवस्था पप्पु कन्ट्रकसनको ठेक्का बदर भएको कुरा जानकारिमा आयो।
३) दुर्भाग्य के छ भने पप्पु_कन्सट्र्कसनले आफ्नो बदर भएको ठेक्का विरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्यो र मुदा फैसला हुन पनि केही समय लागेको रहेछ।
४) नेपाल सरकारको पक्षमा फैसला भएको रहेछ अर्थात् पप्पुले मुद्दा हाले पनि हार्यो ।
५) सडक कार्यालयका डीइ दरोगा प्रसाद साहलाई भेटघाट गरेर पुन टेण्डरको लागि मिती २०७९/१०/२९ गते बिभागमा पत्र पठाईयो। सासद साहले सामाजीक संजालमा लेखेका छन ।
बिकास को विभिन्न अधुरो कामहरुलाई द्रुतगतिमा अगाडि बढाउन हर सम्भव कोसिस गरिरहेको सासद साहले बताएका छन ।


