राैतहट १८ फागुन । जिल्ला समन्वय समिति राैतहटका एक सदस्यले कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन ।
समितिकाे कोषमा रहेको एक करोड दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले बताए ।
समन्वय समिति प्रमुख रामअयाेध्या यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले केही दिन आगाडी गाेप्य बैठक बसि खर्च गर्न नहुने रकममा भागबण्डा गरेकोमा आपति जनाएका छन ।
पछिल्लो कार्यकाल जस्तो १२ करोड अनियमितता यो पटक हुन नदिने सदस्य मोजमिलले बताएका छन ।
सो अनियमित खर्चको अनुमाेदन विहिबार हुन लागेको जिल्ला सभा बैठकमा समेत पेश हुने उनले दाबी गरेका छन ।
यता समन्वय समितिका प्रमुख राम अयाेध्या प्रसाद यादवले काेषकाे रकम भागबण्डा गर्ने पक्षमा आफु पनि नरहेको बताएका छन।


