Thursday, May 14, 2026

राहतको रकम मा चलखेल को गुनासो ,अख्तियारको टोलीलाई गाउँले लखेटे

पछिल्लाे समाचार

रौतहट १८ फागुन । मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुर गाउँमा वितरण गरिएको राहत सामाग्री विषयमा अनुगमन र छानविन गर्न आएकाे अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलीलाई स्थानीयहरुले लखेटेका छन् ।
कोरीना १९ को महामारी फैलिएको बेला महिला समाज उत्थान केन्द्रले वितरण गरेको राहत समानको भुक्तानी मौलापुर नगरपालिकाले गरेको भनी परेको उजुरीको स्थलगत बुझ्न आएको टोलिलाइ केही स्थानियले अवरोध गरेका हुन ।अनुसन्धान गर्न आएको आयोगको टोली घर भित्र बसेर आरोपित उपरको उजुरीलाई कमजोर बनाउने खालको मुचुल्का बनाएको केही स्थानियको भनाइ छ ।
मेयर रीना कुमारी साह लगायतलाई विपक्षी बनाएर दर्ता गराइएको उजुर सम्बन्धि छानवीन गर्न आएकाे अख्तियार अनुसंधान आयोगकाे टोली राजनैतिक प्रभावमा परेर पार्टी कार्यकर्ता संग मुचुल्का गराउन थालेपछि स्थानीयहरुले लखेटेको मौलापुर नगरपालिका वडा नम्बर ५ का तत्कालीन वडा अध्यक्ष एवं मेयर प्रत्यासी राम प्रवेश यादवले बताएका छन ।
रामप्रवेश साहले मधेशी महिला उत्थान समाजको अध्यक्ष बबिता पाण्डेलाई संस्थाबाट राहत वितरण गरेको भनेको र पछि नगरपालिकाबाट भुक्तानी गरिएकोले उजुरी गरेको बताएका छन
नगरपालिकाबाट संस्थाले वितरण गरेको राहतको रकम किन भुक्तानी भएको भन्दा मेयरले गरेको जवाफ पाएपछि आयोगमा प्रमाण सहित उजुरी दिएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु